काठमाडौं। कोरोना संक्रमित भएर भेन्टिलेटरमा उपचाररत विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्ववल थापाको स्वास्थ्यस्थितिमा सुधार आउन सकेको छैन। उनको पछिल्लो पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।
विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले दिएको जानकारी अनुसार कोरोना रिपोर्ट नेगेटिभ आए पनि स्थास्थ्य अवस्था अत्यन्त जटिल बनेको हो। भाइरसले शरीरमा दीर्घकालीन क्षति गरिसकेको उनले बताएका छन्। पाण्डेले फेसबुकमा लेखेका छन्, ‘अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरु हरसम्भव प्रयासमा छन्। तपाईं हाम्रो प्रार्थना र सकारात्मक उर्जा कायम राखौं।’
करिब दुई साताअघि कोरोना संक्रमित बनेका थापा मेडिसिटी अस्पतालमा उपचाररत छन्। उनलाई केही दिनदेखि भेन्टिलेटरमा राखी इक्मो विधिबाट उपचार भइरहेको छ।



लोकपाटी न्यूज

