काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना १४ पार्टीको संयुक्त मोर्चा बनाइएको छ। यही जेठ १४ गते बसेको बैठकबाट संयुक्त मोर्चा बनाइएको हो। वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पका साथै विद्यमान व्यवस्थाकै विकल्प खोजिनुपर्ने मोर्चाको ठहर छ।
मोर्चाले अहिलेको व्यवस्थाको विकल्पमा जनगणतन्त्र/वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा जोड दिएको छ। यस्तै मोर्चाले ओली इण्डो-अमेरिकी गठबन्धनको गोटीको रूपमा काम गरिरहेको आरोप लगाएको छ। केपी ओलीले यतिखेर इण्डो-अमेरिकी गठबन्धनको कोटीका रुपमा काम गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन्।’
मोर्चाले प्रधानमन्त्री ओलीले आफ्नो सरकार जोगाउन र विदेशी योजना लागू गर्ने उद्देश्य अनुसार नागरिकतासम्बन्धी अध्यादेश ल्याएको टिप्पाणी गरेको छ। ‘सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौं। मोर्चाले विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न पनि माग गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ।




लोकपाटी न्यूज

