बुटवल। लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे निर्वाचित भएका छन्।
कांग्रेसका पाण्डेले १६० मत पाए भने एमालेका खड्काले १३४ मत पाए। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो। कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो।
पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन्। खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन्। प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ।



लोकपाटी न्यूज

