काठमाडौं। कारोबारको दोस्रोदिन (सोमबार) कारोबार सुरु भएको केही समयमै दुइ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ।
सोमबार राधी जलविद्युत कम्पनी लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेडकाे शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। याे समाचार तयार पार्दासम्म राधी जलविद्युतको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य १ हजार २५६ रुपैंया पुगेको छ भने सेन्ट्रल फाइनान्स लिमिटेडकाे शेयरमुल्य ९.६० प्रतिशतले बढेर ३५४ रुपैंया पुगेको छ।



लोकपाटी न्यूज
