बजेटपछि सेयर बजारमा सकारात्मक प्रभाव

Stock-market-share
लोकपाटी न्यूज

काठमाडौं। सेयर बजारमा उत्साह देखिएको छ। बजेटपछि बजार कता जाला भन्ने सर्वत्र चासो रहेको थियो। किन भने बजेटमा पुँजीगत लाभकरबारे दुई वटा व्यवस्था गरिएको छ। बजेटले अल्पकालीन र दीर्घकालीन गरी लगानीकर्तालाई दुई भागमा विभाजन गरेको छ। सोही अनुसार लाभकर पनि फरकफरक गरिएको छ। यो व्यवस्था साउनदेखि लागू हुनेछ।

यस सम्बन्धमा लगानीकर्ताहरुको फरकफरक बुझाई र धारणा रहेकाले बजारलाई कुन सेन्टिमेन्टले जित्ने हो भन्ने आमचासो बनेको थियो। तथापि, यो समाचार तयार पार्दासम्म सेयर बजारमा सकारात्मक प्रभाव परेको छ। नेप्से सूचक ३५ अंकले बढेर २८५० विन्दु आसपासमा आइपुगेको छ। खरिदबिक्री रकममा निकै उत्साह थपिएको छ। ९ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्