बिजुलीबाट चल्ने घरायसी सामाग्रीमा कर घट्याे

लोकपाटी न्यूज

काठमाडाैँ। सरकारले बिजुलीबाट चल्ने घरायसी सामग्रीमा कर घटाएको छ। आर्थिक वर्ष २०७८/७९ को आर्थिक अध्यादेशले करका दर घटाएको हो।

बिजुलीको खपत बढोस भन्ने उद्देश्यका साथ बिजुलीबाट चल्ने सपकरणको प्रयोग बढाउन कर घटाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्। सरकारले फ्रिज,मिक्स्चर,वासिङ मेसिन,फ्यान,पानी तताउने किट्ली,राइसकुकर, माइक्रोओभन,हिटर,इन्डक्सन चुलो तथा इन्डक्सनका अन्य सामग्रीमा भन्सार महसुल तथा अन्त:शुल्क हटाएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्