सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि

bishnu_poudel_
लोकपाटी न्यूज

काठमाडौं। सरकारले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीहरुको मनोबल बढाउन आगामी आर्थिक वर्षको बजेटमा साउन १ देखि लागू हुने गरी सबै तहका सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको घोषणा गरे। गएको वर्ष तलब बृद्धि भएको थिएन। यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ मा नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो।

यसैगरी सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान तथा अधिकृतको खाइपाइ आएको रासन भत्तामा १५ प्रतिशत वृद्धि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्