काठमाडौं। शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले घटेर ९३ हजार ८ सयमा कारोबार भइरहेको छ।
यसअघि विहिबार छापावाला सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १३५० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ।



लोकपाटी न्यूज
