काठमाडौं। नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार कोरोना भाइरसको रोकथाम, उपचार र राहतमा केन्द्रित हुनुपर्नेमा सत्ता मात्र जोगाउन लागिपरहेको बताएका छन्।
“सरकारको नेतृत्वको सम्पूर्ण ध्यान भने जसरी पनि सरकारमा टिकिरहन पर्छ भन्ने मात्र भएकाले जनताको आवश्यकता र पिरमर्काहरू गौण हुन पुगेका छन्,” देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनले मित्रराष्ट्र र संघ-संस्थाहरुबाट आएका विभिन्न सहयोगको सरकारले दुरुपयोग र पार्टीकरण गरिरहेको आरोप पनि लगाएका छन्। त्यस्ता काम रोके कारोना नियन्त्रणका केन्द्रित हुन उनका आग्रह छ।
“देशको हरेक गाउँरनगरपालिका र वडा तहसम्म पीसीआर परीक्षणको व्यवस्था गर्न, संक्रमण रोक्न सशक्त सचेतना अभियान संचालन गर्न, ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरुलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न,” विज्ञप्तिमा छ,“निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु।”
देउवाले खोपलगायत स्वास्थ्य सामग्री खरिद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि सरकारसँग माग गरेका छन्। उनले कांग्रेसको तर्फबाट सरकारलाई दिएको १५ बुँदे ज्ञापन-पत्रलाई गम्भीरताका साथ लिन पनि आग्रह गरेका छन्।
यस्ताे छ देउवाले जारी गरेकाे विज्ञप्ति :





लोकपाटी न्यूज

