गहिरो श्वास लिनुका यस्ता छन् ६ फाइदा

Yoga
लोकपाटी न्यूज

एजेन्सी। दैनिक केही समय गहिरो श्वास लिनाले तपाईंको स्वास्थ्य र जीवनशैलीमा धेरै सुधार हुन्छ। जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ। रगतको प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ।

यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईंले दैनिक गर्नुपर्छ। चाहे तनाव होस् वा नहोस्। यसबाट २४ देखि ४८ घण्टामै मन र शरीरलाई आराम मिल्छ। निद्रा राम्रो आउँछ। सबैभन्दा महत्त्वपूर्ण पक्ष रोगसँग लड्ने क्षमता बलियो हुन्छ।

शरीरबाट विषालु तत्त्व घट्छः बिस्तारै, गहिरो, लामो श्वास लिना शरीर डिटोक्सिफाईड हुन र शान्त भाव पैदा हुन सहयोग मिल्छ। राम्रो निद्रा लाग्छ। यदि अनिद्राको गुनासो छ भने सुत्नुभन्दा पहिले गहिरो श्वास लिनुस्। कार्बन डाइअसक्साइड (प्राकृतिक विषाक्त फोहर) श्वासमार्फत नै बाहिर आउँछ। छोटो श्वासले फोक्सोलाई कम प्रतिक्रिया गर्छ। अन्य अंगबाट पनि यस फोहोरलाई निकाल्नका लागि कडा मेहिनत गर्नुपर्छ।

दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ। गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ।

इम्युनिटी बलियो हुन्छः गहिरो श्वास लिनाले ताजा अक्सिजन मिल्छ र विषाक्त पदार्थ तथा कार्बनडाइअक्साइड बाहिर निस्कन्छ। जब रगत अक्स्जिनेटेड हुन्छ, तब शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ। शरीरका महत्त्वपूर्ण अंगले ठिक रूपमा काम गर्छन् टक्सिन मुक्त र स्वस्थ रगतको आपूर्तिले सङ्क्रमण फैलाउने किटाणुहरू जरैदेखि माग्छन्।

दुखाई महसुस कम हुन्छः जब तपाई गहिरो श्वास लिनुहुन्छ, तब शरीरले एन्डोर्फिन बनाउँछ। यो राम्रो हर्मोन तथा शरीरद्वारा बनाइएको एक प्राकृतिक पीडा निवारक हो।

तनाव कम हुन्छः गहिरो श्वास लिनाले चिन्ताजनक विचार र घबराहटबाट छुटकारा मिल्छ। हृदयको गति सुस्त हुन्छ। यसबाट शरीरले धेरै अक्सिजन पाउँछ। हर्मोन सन्तुलित हुन्छ। कोर्टिसोलको स्तर कम हुन्छ। कोर्टिसोल स्ट्रेस हर्मोन हो। जब कोर्टिसोलको स्तर निकै अधिक समयसम्म रहिरहन्छ, तब यसले अधिक नोक्सान पुर्‍याउँछ।

रक्त प्रवाह ठिक हुन्छः डायफ्रम माथि र तल हुँदा रक्त प्रवाहको गति बढ्छ। यसबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुग्छ।

हामीले गहिरो स्वास लिँदा मात्रै थुप्रै रोगबाट छुट्कारा पाउन सक्छौं। तनाव, मुटु सम्बन्धि रोग र पाचनप्रणालीमा दिनहुँ लामो स्वास लिँदा निकै फाइदा पुग्छ। त्यसैले व्यस्त दैनिकीबाट हामीले दैनिक केही समय निकालेर स्वास्थ्यका लागि दिनुपर्छ। गहिरो स्वास लिनका लागि सहि तरिका पनि थाहा पाउनुपर्छ। गहिरो स्वासबाट फाइदा लिनका लागि त्यसको बिधि पनि जान्नुपर्छ।

गहिरो स्वास लिने विधिः आरामसँग बस्ने वा पल्टिने। त्यसपछि विस्तारै नाकले स्वास लिँदै पेटलाई भर्ने। त्यसपछि बिस्तारै नाकबाट स्वास बाहिर फाल्ने। यस्तो प्रक्रिया गर्दा एक हात पेट र अर्को हात छातिमा राख्ने। विस्तारै श्वास लिँदा पेटमा हावा भरिएको महशुस गर्ने। साथै श्वास बाहिर फाल्दा पनि महशुस गर्ने।

यी कुरामा ध्यान दिनेः गहिरो स्वास लिँदा आफ्नो आँखालाई बन्द गर्ने। सुरुवातमा चाडोचाडो नभएर बिस्तारै स्वास लिने। स्वास लिने र छोड्ने समय एक समान हुनुपर्छ। स्वास लिँदा र छोड्दा धेरै बल लगाउनु हुँदैन। यो अभ्यास गर्दा खुकुला कपडा लगाउनुपर्छ। यो प्रक्रियालाई १० देखि २० मिनेटसम्म गर्नुपर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्