एमालेले सोध्यो सुदूरपश्चिमका तीन मन्त्रीलाई स्पष्टीकरण

Karna_thapa
लोकपाटी न्यूज

धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ। केन्द्रको निर्णय उल्लंघन गरेको र पार्टी फुटाउन अग्रसर भएको आरोपमा तीन मन्त्रीलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधिएको हो।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। उनीहरु तीनैजना नेपाल समूहका हुन्।

बुधबार बसेको संसदीय दलको बैठकले बालुवाटारमा सोमबार बसेको स्थायी समिति बैठकको निर्णलाई चुनौती दिँदै सरकारमा नै बस्ने निर्णय गरेको थियो।