काठमाडौँ। आज बिहीबार स्थानीय बजारमा सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ पुगेको छ। हिजो स्थनीय बजारमा सुनको भाउ ९३ हजार ५०० रुपैयाँ रहेको थियो।
सोही परिमाणको तेजावी सुनलाई आज ९३ हजार ७०० रुपैयाँ पर्नेछ। यता, चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ। आज चाँदी एक हजार २५० रुपैयाँ प्रतितोला कारोबार हुने महासंघले जनाएको छ।



लोकपाटी न्यूज
