समाचार लेखेको विषयमा अदालतबाट बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रताविरोधी :नेपाल पत्रकार महासंघ

लोकपाटी न्यूज

काठमाडौँ। नेपाल पत्रकार महासंघले समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरुलाई सर्वोच्च अदालतले बोलाएकोमा आपत्ति जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबीच भेट भएको भन्दै दुई अनलाइनहरुमा प्रकाशित समाचारका बारेमा विवाद भएको हो। सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डट कमका प्रधान सम्पादक नारायण अमृतलाई भेटघाटको समाचाबारे छलफल गर्न बोलाएको थियो। ‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ’, नेपाल पत्रकार महासंघको विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्