सिंहदरबारमा विपक्षी गठबन्धनको छलफल जारी

Bipaxi_gathabandhan
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत पुगेको विपक्षी गठबन्धन छलफलमा जुटेको छ। सिंहदरबारमा काँग्रेस, माओवादी केन्द्र, एमालेबाट निष्कासित माधव नेपाल समूह र जसपाका नेताहरुबीच छलफल भइरहेको हो।

राष्ट्रपति र प्रधानमन्त्री ओलीको कदमविरुद्ध थप रणनीति बनाउन सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा उनीहरू छलफलमा जुगेका हुन्। सोमबार विपक्षी गठबन्धनका १४६ जना सांसदहरूले संसद् विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

त्यसमा नेकपा एमालेका २३ जना सांसदहरूले पनि हस्ताक्षर गरेका छन्। त्यसलगत्तै बसेको एमाले स्थायी कमिटीको बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।