नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत

लोकपाटी न्यूज

काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको चुक्तापुँजीको २७.६९ प्रतिशतले हुन आउने बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेमा यो कम्पनीको कुल ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको गत चैत ९ गतेसम्म १५ औँ र १६ औँ वार्षिक साधारणसभाले २७.६९ प्रतिशत बोनस सेयर अनुमोदन गरेको थियो।

सोही वार्षिक साधारणसभाले चुक्तापुँजीको ३० प्रतिशत हकप्रद निष्कासनको मुख्य अजेन्डा पनि पारित गरेको थियो। यो हकप्रदलाई नियामक बीमा समितिले समेत निष्कासनको अनुमति दिइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्