काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलवार दुई ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लेबलमा वृद्धि भएको छ।
यो समाचार तयार पार्दाको समयसम्मको अवधिमा माउण्टेन हाइड्रोनेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ८६ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको हो। ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो।
माउण्टेन हाइड्रो नेपालको शेयरमूल्य प्रतिकित्ता ३७९ रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १ हजार ८८ रुपैयाँ पुगेको हो।



लोकपाटी न्यूज
