काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान र लोकतन्त्र मास्ने खेल भइरहेको आशंका व्यक्त गरेका छन्। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा हुन नहुनेमा उनले जोड दिएका छन्।
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा प्रधानन्यायाधीशलाई बालुवाटारमा बोलाउनु लोकतन्त्रका लागि अशुभको संकेत भएको टिप्पणी गरे। विदेशी दूतले पटक पटक भेट्ने समाचार वा हल्लाले अशुभ संकेत दिइरहेको उनको भनाई छ। उनले खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद भएकोले त्यो नियम नजिर बस्न नसक्ने बताए।
‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटक-पटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभसंकेत हैनन् ! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद हो, त्यो नियम/नजिर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!,’ डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।




लोकपाटी न्यूज

