ओलीकाे कारवाहीले राैं पनि हल्लिदैन् : पूर्वप्रधानमन्त्री खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूहरुलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी गरेका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गद्दारको संज्ञा दिएका छन्। आज बसेको एमालेको स्थायी कमिटी बैठकले नेता खनालसहित ११ जना नेतालाई पार्टीबाट निश्काषन गरेको थियो। सो निर्णय लगत्तै प्रतिक्रिया दिँदै नेता खनालले यस्तो बताएका हुन्।

उनले ओली कम्युनिष्ट आन्दोलन र पार्टीको गद्दार भएको पनि टिप्पणी गरे। नेता खनालले ओलीले गरेको कारबाहीले आफूहरुको रौं पनि नहल्लिने बताए। यसअघि, नेता भीम रावलले पनि अध्यक्ष ओलीलाई राष्टघातीको संज्ञा दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्