काठमाडाैँ। आफ्नाे पक्षका ११ नेताहरुलाई साधारण सदस्य नरहने गरी कार्वाही गरेर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन हतार गरेको माधव नेपालले प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, झलनाथ खनालसहित ११ नेतामाथि साधारण सदस्य नरहने गरी कार्वाही गरेको थियो।
माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले स्पष्टीकरण र कारवाहीको कुनै अर्थ नभएकोले आफूहरुले दुख मनाउ नगर्ने बताए। ‘अध्यक्ष ओलीले जसरी पनि एमाले फुटाउने कसम खानु भएको छ, त्यसैको उपज हो नेताहरुमाथिको कारबाही’ ज्ञवालीले भने।
एमालेका पूर्वउपाध्यक्ष ज्ञवालीले आफूहरु अब केपी ओलीसँग संगै हिँड्न नसक्ने अवस्थामा पुगेको बताए। ‘एमालेलाई जेठ २ को अवस्थामा फर्काउन उहाँ सहमत हुनुभएन, विवाद समाधान गर्न भनेर गठन गरिएको कार्यदल केबल रामबहादुर थापालाई चुनाव जिताउने रणनीति रहेछ भन्ने आज आएर पुष्टि भयो’ ज्ञवालीले भने।



लोकपाटी न्यूज

