काठमाडौं। नेकपा एमालेका सांसद विरोध खतिवडाले सर्वोच्च अदालतमा बहुमत सदस्य गएर बालुवाटारलाई देखाउन लागेको बताएका छन्। ‘मान्छे थिएनन्। दुई जना मात्रै गए भनेर स्याल हुइयाँ गर्छन्,’ उनले भने, ‘त्यसैले हामी बहुमतसहित सर्वोच्च पुग्छौं।’
खतिवडाले संख्या १४९ बाट घट्नु र बढ्नुको कुनै तात्विक अर्थ नभएको बताए। ‘१३६ जना बहुमत चाहिने हो। हामी बहुमत लिएर जान्छौं। सर्वोच्चले बहुमत खोज्ने होइन। खालि मिडिया, बालुवाटार, नक्कली सही गर्यो, जालसाजी गर्यो र मनोविज्ञानको अर्थमा बहुमत ल गन्ने भए गन, हेर्ने भए हेर भनेर बढी संख्या देखाउन खोजेको हो।’
कतिपय सांसद्हरु काठमाडौंबाहिर भएकाले हस्ताक्षर जुटाउन नसकेको उनले बताए। ‘अदालतले सक्कल दस्तखत नै खोज्ने हुँदा बाहिरी जिल्लामा भएका साथीहरूको ओरजिनल हस्ताक्षर जुटाउन सकिएन। अहिले चाहिँ २३ जना पुगेको छ,’ उनले भने।



लोकपाटी न्यूज

