देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्ने तयारी

Bipaxi_gathabandhan
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेका छन्।

कानुन व्यवसायीसँग छलफल गरेपछि विपक्षी गठबन्धन परमादेश माग गर्ने निर्णयमा पुगेका हुन्। संसद बचाउनका लागि परमादेशको मागसहित रिट दर्ता गर्न लागेको सांसद रामकुमारी झाक्रीले जानकारी दिइन्।

बहुमत सांसदको हस्ताक्षरसहितको प्रस्तावलाई राष्ट्रपतिले अस्वीकार गरेका कारण अदालतमा परमादेशमा जान लागेको उनको भनाइ छ। प्रधानमन्त्रीमा देउवालाई प्रस्ताव १४९ जना सांसदले हस्ताक्षर गरेका थिए। त्यही संख्या लिएर अदालतमा जाने तयारी गरेका हुन्।