काठमाडौं। साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ। स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा ३०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ। शुक्रवार तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतवार चाँदीको मूल्य भने घटेको छ । शुक्रवार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार १ हजार ३४५ रुपैयाँ खरीदविक्री भइरहेको छ। शुक्रवारको तुलनामा आइतवार चाँदी ५ रुपैयाँले घटेको हो।



लोकपाटी न्यूज
