काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन्। अहिले ओली, ठाकुर र महतोबीच छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि विकसित परिस्थितिबारे प्रधानमन्त्रीलाई भेट्न गएको जसपाका एक नेताले बताए। जसपाका नेताहरुले विघटनको कदमको बचाउ गर्दै आएका छन्।



लोकपाटी न्यूज

