काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ। पार्टी कार्यालय बालकुमारीमा बसिरहेको बैठकमा ३१ जना कार्यकारिणी सदस्य सहभागी छन्।
यस्तै राष्ट्रिय सभाका २ सहित प्रतिनिधिसभाका समेत बहुमत सदस्य उपस्थित भएको जसपाका प्रभावशाली नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए। जसपाले पार्टीभित्र देखा परेको विवाद लगायतका विषयमा छलफल गर्न आज र भोलिको लागि कार्यकारिणी समितिको बैठक बोलाएको थियो।
तर बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो लगयतका नेता सहभागी नभएको राईले बताए। ‘दुई अध्यक्षले संयुक्त रुपमा हस्ताक्षर गरेर बैठक बोलाइएको हो तर ठाकुर जी र राजेन्द्र जीले मध्यराति राष्ट्रपति भेटेर चिया खाएर आउनु भएछ र असंवैधानिक कदम चाल्ने कुरामा सहयोग गर्नु भयो अहिले बैठकमा हामी यसको समीक्षा गर्दैछौं,’ राइले भने।



लोकपाटी न्यूज

