माओवादीले किन बोलायो पार्टी आकस्मिक बैठक ?

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। प्रतिनिधिसभा विघटनपछिको परिस्थितिबारे छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले बताए। बैठक ३ बजे पेरिस डाँडामा बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यले नयाँ सरकारका लागि आधार पेस गर्दागर्दै संविधान विपरीत संसद् विघटन गरेपछि नेपालको राजनीतिमा तरंग आएको छ। यस्तो अवस्थामा बैठकले संसद् विघटन भएको अवस्थामा कसरी अगाडि बढ्ने रणनीति तय गर्न बताइएको छ।

यसअघि पाँच दलको सर्वदलीय बैठक बसेको थियो। बैठकले ओलीको कदमलाई गैरसंवैधानिक, गैरलोकतान्त्रिक र प्रतिगमन भएको ठहर गरेको छ। माओवादी केन्द्रसहित प्रमुख ५ राजनीतिक दलले संसद् विघटन अस्वीकार गरेर राजनीतिक कानुनी लडाइँ लड्ने निर्णय गरिसकेका छन्।