प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका ५ नेताले राजनीतिक र कानूनी रूपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन्।
संयुक्त छलफलपछि शनिवार सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट पक्ष, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्।
‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय ,अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं’ बैठकपछि जारी विज्ञप्तिमा भनिएकाे छ।
प्रेस विज्ञप्तिमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।




लोकपाटी न्यूज

