मैले ठीक गरें कि गलत, इतिहासको कठघरामा खडा छु : योगेश भट्टराई

Yogesh Bhattarai
लोकपाटी न्यूज

काठमाडौँ। नेकपा एमाले नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन विपक्षी गठबन्धनबाट नयाँ सरकारका लागि प्रस्तुत भएको दाबीमा आफूले हस्ताक्षर नगरेको बताएका छन्। नेता माधवकुमार नेपाल पक्षका भनेर चिनिएका नेता भट्टराईले काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको बताए।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्,‘ पार्टी एकता जोगियोस् भन्नेमा म गम्भीर छु। यसका लागि म लागि पनि रहेको छु।’ नेपाल पक्षका अन्य सांसदहरुले भने शेरबहादुर देउवाको पक्षमा उभिएको बताइएको छ। देउवालाई समर्थन गर्नेमा नेपालसहित उनी पक्षधर २७ सांसद भएको दाबी गरिएको छ।

उनले समाजिक सञ्जालमा लेखेका छन्:-

मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्