कमल थापाकाे सुझाव: दुबै दावी कीर्ते, खारेज गरी चुनाव घोषणा होस्

Kamal_Thapa
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार नभएको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आ-आफ्नो बहुमत देखाएर ७६ (५) अन्तर्गतको सरकारमा दावी गरेलगत्तै ट्वीट गर्दै थापाले दुबै दावीमा विश्वासको मत प्राप्त गर्ने आधार नभएको टिप्पणी गरेका हुन्।

उनले दुबै दावीमा जाली र कीर्ते गरिएको भन्दै दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा गर्न राष्ट्रपतिलाई सुझाव समेत दिएका छन्। सत्ता र प्रतिपक्षीले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको र लोकतन्त्रको नाममा ब्रम्हलुट गरेको आरोप लगाउँदै थापाले अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्