देउवा निवासबाट बाहिरिए नेपाल, सिंहदरबारमा भेला हुँदै सांसदहरु

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठबाट बाहिरिएका छन्। केहीबेरको छलफलपछि बाहिरिएका नेता नेपालले भने कुनै प्रतिक्रिया दिएनन्। ‘छलफल चलिरहेको छ, अहिले कुनै प्रतिक्रिया नदिऔं,’ उनले भने।

बुढानीलकण्ठमा अहिले काँग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूको बैठक बसिरहेको छ। नेता नेपाल बुढानीलकण्ठबाट बाहिरिएपछि आगामी रणनीति तय गर्न उनी निकट सांसदहरू सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा भेला भइरहेका छन्।

अहिलेसम्म त्यहाँ १२ जना सांसद भेला भएका छन्। अरू सांसदहरू आउने क्रम जारी छ। नेता नेपाल भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन्। त्यहाँ देउवा, नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका आह्वान गरेकी थिइन्। जुन समय आज साँझ ५ बजे सकिँदैछ। विपक्षी दलहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति बनाउने चरणमा छन्। यसमा एमालेको नेपाल समूहले पनि साथ दिने सम्भावना देखिएको छ।