पार्टीमा उस्तै अहंकार, अन्यायको विरुद्ध विद्रोह निश्चित : रामकुमारी झाँक्री

लोकपाटी न्यूज

काठमाडाैँ।नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बद्लाव नआएको स्पष्ट पारेकी छिन्। बिहीबार सामाजिक सञ्जालमार्फत माधव नेपाल पक्ष एमाले सांसद झाँक्रीले पार्टीमा उस्तै अहंकार उस्तै रहेको र अन्यायको विरुद्ध विद्रोह निश्चित रहेको उल्लेख गरेकी छिन्।

उनले पार्टीमा एउटा सानो ठाउँका लागि समेत संघर्ष गरिरहेको बताउँदै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटालाई बधाई समेत दिएकी छिन्। झाँक्रीले लेखेकी छिन्– ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रियसभामा कसलाई भोट हाल्ने ? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो। तर अहिले पार्टीभित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं। पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन। अहंकार उस्तै छ। अन्यायको विरुद्ध विद्रोह निश्चित छ। डा.देवकोटालाई बधाई।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्