काठमाडाैँ। बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका उम्मेद्वार निर्वतमान गृहमन्त्री रामबहादुर थापा बादलको पराजयपश्चात नेता गोकुल बास्कोटा कडा रुपमा प्रस्तुत भएका छन्। बादलको परायजमा आफ्नै पार्टीका नेताहरुले हराएको भन्दै दुध खुवाएर पालेका साँपहरुले डसेको संज्ञा दिएका छन्।
बादलको पराजयपश्चात ट्वीट गर्दै नेता बास्कोटाले विपक्षीहरुसँग कुनै गुनासो नभएको बताउँदै आफ्नाहरुले धोका दिएको संकेत गरे। उनले भनेका छन्- ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।’
आज भएको बागमती प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा विपक्षी गठबन्धनबाट उठेका डा खिमलाल देवकोटासँग पराजित भएका हुन्।
।



लोकपाटी न्यूज

