रामबहादुर थापाले दिए डा. खिमलाल देवकोटालाई बधाई

लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटालाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना मतदातालाई धन्यवाद पनि दिएका छन्।

“आजको राष्ट्रियसभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका वाग्मती प्रदेशसभाका माननीय सदस्यहरु, महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उमेदवार डा. खिमलाल देवकोटालाई बधाई,” उनले फेसबुकमा लेखेका छन्।

एमालेबाट उपनिर्वाचनमा उमेदवार बनेका बादल गठबन्धनका उमेदवार खिमलालसँग पराजित भएका हुन्। वाग्मती प्रदेशअन्तर्गत भएको उपनिर्वाचनमा निर्वाचित खिमललाले ५,०८८ मतभार ल्याए भने बादलले ४,०१४ मतभार पाए। उता, प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा गृहमन्त्री समेत रहेका बादलको पद सर्वाेच्च अदालतको आदेशबाट आजै गुमेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्