बुद्ध एयरले थप्याे नयाँ जहाज

Buddha Air
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं।  बुद्ध एयरले नयाँ जहाज थपेको छ। नेपालमा निजी लगानीको सबैभन्दा ठूलो यस वायुसेवा कम्पनीले किनेको नयाँ जहाज एटीआर ७२-५०० आज (बिहीबार) साँझ ६ बजे भारतको नयाँ दिल्लीबाट काठमाडौं ल्याइपुर्याइँदैछ।

जहाज खरिदको निर्णय निषेधाज्ञाभन्दा अगाडि नै भएको कम्पनीले जनाएको छ। जहाज आउने टुंगो लागेपछि बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरूबाट अन्तरप्रदेश उडानको घोषणा पनि गरिसकेको छ।

‘नयाँ जहाज पोखरा, विराटनगर, जनकपुर, नेपालगन्ज, सिमरामा उडान गर्ने योजना बनाएको कम्पनीका एक उच्च अधिकारीले बताए। ‘कोरोना संक्रमणको दोस्रो अहर बढेपछि उक्त योजना पर सर्न पुगेको उनले बताए।

नयाँ थप भएसँगै एटीआर ७२ मात्रै १० वटा गरेर कम्पनीसँग जहाजको संख्या १५ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्