कांग्रेसले किन बोलायो संसदीय दल कार्यसमिति बैठक ?

Nepali congress
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ। दिउँसो साढे २ बजे नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक हुनेछ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार समसामयिक राजनीतिकासाथै बजेट र कोरोनालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बजेट ल्याउनुअघि पूरा गर्नुपर्ने संवैधानिक र प्रक्रियागत कामसमेत अगाडि नबढाएकोले सरकार संसद छल्न खोजिरहेको खाँणको भनाइ छ।

सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। तर, अहिलेसम्म संसदको अधिवेशन बोलाइएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।