परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् : संघीय संसद्को बजेट अधिवेशन छिट्टै बोलाउछाै

Pradip_Gyawali
लोकपाटी न्यूज

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संघीय संसद्को बजेट (बर्खे) अधिवेशन छिट्टै बोलाउने जानकारी दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन सिफारिससम्बन्धी निर्णय नगरे पनि छिट्टै आह्वान हुने उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार अधिवेशन छिट्टै आह्वान हुने संकेत गरेका थिए। उनले प्रतिनिधिसभा जीवितै रहेको भन्दै अध्यादेशमार्फत बजेट नआउने प्रष्ट पारेका थिए। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमा छलफल गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्