गृहजिल्ला गोरखाको संक्रमित क्षेत्रमा चिकित्सक सहितको टोली लिएर निस्किए प्रवक्ता श्रेष्ठ

लोकपाटी न्यूज

गाेरखा। अहिलेको समय आफूमात्रै आरामदायी र सुरक्षित स्थान यानिकी (कम्फोर्ट जोन) मा बसेर म त सुरक्षित छु नि भनेर बस्ने अनि रोग र भोक दुबैले पीडामा छटपटीमा, अभावमा पिल्सिएका बहुजनको वास्तै नगर्ने,अनि रमिते सिवाय केही नबन्ने समय हैन। जनतालाई आवश्यकता परेको जस्तोसुकै प्रतिकुल समयमा पनि जनताको सु:खदु:खमा सदैव साथमा रहने नेतृत्व न वास्तवमा जनमुखी हुन्छ र रहिरहन्छ पनि।

त्यसैले कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टले निम्त्याएको यो माहामारीको विषम परिस्थितिमा गोरखाको बिभिन्न ठाँउहरुमा कोभिड संक्रमण अझ बिस्तार भइरहेको र कोभिड हट स्पट बन्दै गैरहेको स्थितिमा नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ ’प्रकाश’ चिकित्सक, ल्याब टेक्निसियन र अन्य केही स्वयंसेवकहरुसँगै आफै फिल्डमा खटिन केही दिनका लागि कोभिड-१९ स्वयं सेवा Covid-19 Volunteer Service (CVS) अभियान लिएर आज आफ्नो गृह जिल्ला गोरखा निस्केका छन्।

CVS का संयोजक इन्द्रराज भट्टराईका अनुसार चिकित्सक, ल्याव टेक्नेसियन लगायतका अन्य अन्य केही स्वयंसेवक सहितको यो टोलीले गोरखाका सबै स्थानीय तहमा पुगेर लक्षण देखापरी शंकास्पद रहेका र कोभिड बिरामीसँग घनिभुत सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट, बिरामीहरुको परीक्षण, आवश्यक परामर्श एवं तत्काल संभव औषधी, स्वास्थ्य संस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानाीय सरकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रित छलफल गर्नेछ।

नारायणकाजी श्रेष्ठ अघिल्लो हप्ता गोरखा गएर डिसिसिएमसिको बैठक, पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसंगको सामुहिक छलफल र गोरखा अस्पताल को स्थितिबारे जानाकारी लिदै गोरखामा कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारकाबारेमा तात्कालिक योजना निर्माणमा सहभागी भएर आएका थिए। त्यसपछि उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग समेतको सहयोगमा गोरखा अस्पताल र जिल्ला जनस्वास्थ्य कर्यालयलाई केही स्वास्थ्य सामाग्री उपलब्ध गराउन सहयोग पुर्याएका थिए। अघिल्लो हप्ताको योजना, छलफल, निर्देशन र समन्वयको फल स्वरुप हाल गोरखा हस्पिटलमा खरिद भएर महिनौ त्यसै थन्किएको अक्सिजन प्लान्ट जडान भएको छ भने HDU वेडहरु पनि धमाधम जडान हुने क्रममा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्