काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मतदान गर्ने निर्णय गरेको छ। बादललाई नै मतदान गर्ने निर्णय भएको नेता मोहन श्रेष्ठले जानकारी दिए।
केही समयअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष कमल थापालाई फोन गरी मत मागेका थिए। एमालेले हिजो राप्रपालाई पत्रसमेत पठाएको थियो।
यही जेठ ६ गते हुने उपनिर्वाचनमा राप्रपाका तर्फबाट प्रदेशसभा सदस्य दुई र स्थानीय तहका दुईजना प्रतिनिधि मतदाता रहेका छन्।



लोकपाटी न्यूज

