काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा आधा दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ। यस दिन रुरु जलविद्युतको शेयरमा सर्किट लागेको छ।
त्यस्तै, राधी विद्युत, बरुण हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र रिडि हाइड्रोपावरको शेयर सर्किट लेबलमा कारोबार भएको छ। यस दिन रुरु जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, राधी विद्युत, बरुण हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र रिडि हाइड्रोपावरको शेयर ९ प्रतिशत बढिले वृद्धि भएको हो।
रुरु जलविद्युत कम्पनीको प्रतिकित्ता शेयरमूल्य ९ सय ६८ रुपैयाँ पुगेको छ। त्यस्तै, राधी विद्युतको ७७४, बरुण हाइड्रोपावरको ३५६, नारायणी डेभलपमेन्ट बैंकको ६८६, कर्पोरेट डेभलपमेन्ट बैंकको ७४२ र रिडि हाइड्रोपावरको शेयरमूल्य ३१६ रुपैयाँ पुगेको छ। आज यी ६ वटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो।




लोकपाटी न्यूज
