कसरी लिने नेपाल टेलिकमकाे भीओएलटीई सेवा ?

Nepal-Telecome-office
लोकपाटी न्यूज

काठमाण्डाै।  नेपाल टेलिकमले फोरजी प्रविधि अन्तर्गत भ्वाइस ओभर लङ टर्म इभोलुशन भीओएलटीई सेवा सुरु गरेको छ। विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा आजदेखि यो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ।

भीओएलटीई सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा चल्नेछ। यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाइ डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिनेछ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ  यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गइ भीओएलटीई कल फर एनटीसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीई को संकेत देखापर्दछ।

भीओएलटीईको संकेत देखा परेपछि *111# डायल गर्नुपर्दछ। नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ। आफ्नो मोबाइल सेटले भीओएलटीई सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न www.ntc.net.np/post/volte लिंक प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्