काठमाडौं। नेकपा एमाले विवाद समाधानका लागि संवाद गर्न गठन गरिएको वार्ता टोलीको बैठक अनिश्चित भएको छ। बैठक आज बस्ने भनिएपनि नेता भीम रावलको आँखामा समस्या देखिएपछि अनिश्चित भएको हो।
समितिमा नेपाल पक्षबाट प्रतिनिधित्व गरिरहेका रावलको आँखामा समस्या देखिएपछि वार्ता अनिश्चित बनेको हो।आइतबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको छलफलपछि १० सदस्य रहेको समिति गठन भएको थियो।
वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ। वार्ता टोलीमा ओलीको पक्षबाट नेम्वाङसहित बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपालको पक्षबाट रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन्।



लोकपाटी न्यूज

