थप ३ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडाैँ। आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ३०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको हो।

त्यस्तै आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ। यता चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्