कार्यदलले पार्टी एकता एवं देशको हितका निम्ति पुरा प्रयास गर्नेछ : भिम रावल

Bhim-Rawal-2
लोकपाटी न्यूज

काठमाडाैँ। नेकपा एमालेका नेता भिम रावलले पार्टी विवाद समाधानका लागि गठित कार्यदलमा पार्टी एकता एवं देशको हितका निम्ति पुरा प्रयास गर्ने बताएका छन्।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको छलफलमा एमाले विवाद समाधान गर्न रावलसहित १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो। कार्यदल घोषणा भएपछि आइतबार साँझ नेता रावलले ट्वीटरमार्फत आफुले नेकपा एमालेको पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान र नियमावलीअनुसार जेठ २ को स्थितिमा अघि बढ्नुपर्ने भनेर आफुले फागुन २३ लगत्तै भनेको स्मरण गराएका छन्।

‘नेकपा(एमाले)को पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणाली अनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्ध रूपमा अघि बढ्नु पर्छ भनी मैले गत फागुन २३ लगत्तै भनेको थिएँ’ रावलले ट्वीटरमा भनेका छन्, ‘कार्यदलमा पार्टीको एकता र हित एवम् देशहित निम्ति पूरा प्रयास हुनेछ।’