काठमाडाैँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तलाई अक्सिजन खोज्ने कार्यमा बिरामीका आफन्तलाई नपठाउन आग्रह गरेको छ।
आइतबार मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले अस्पतालमा अक्सिजनको अभाव हुँदै गरेको भन्दै चिकित्सकहरुले बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनुस् भनेर भन्ने गरेको सुन्नमा आएको बताए। उनले अक्सिजनको व्यवस्थापनको जिम्मा अस्पतालको भएकाले स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस नभन्न अनुरोध गरे।
‘अस्पतालमा अक्सिजनको अभाव हुँदै गरेको भन्दै चिकित्सकहरुले बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनुस् भनेर भन्ने गरेको सुन्नमा आएको छ’ उनले भने, ‘सम्पूर्ण स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने नगर्न मन्त्रालय अनुरोध गर्दछ। अक्सिजनको व्यवस्थापन गर्ने काम अस्पतालको हो।’



लोकपाटी न्यूज

