९ सयले बढ्याे सुनकाे मूल्य

लोकपाटी न्यूज

काठमाडौं। आइतबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ९ सय रुपैँयाले बढेर ९२ हजार ५ सयमा कारोबार भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्यमा पनि २० रुपैँयाले वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैँयाले बढेर एक हजार ३ सय ५० निर्धारण गरिएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय ३० मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्