काठमाडाैँ। सर्वोच्च अदालतले आइतबारदेखि मुद्दाको बहस–पैरवी भर्चुअल माध्यमबाट गर्ने भएको छ। कोरोना महामारीका कारण सरकारद्वारा जारी स्वास्थ्य मापदण्डलाई विचार गरी जेठ १३ गतेसम्म संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषयलाई भर्चुअल विधिद्वारा सुनुवाई जारी राख्ने निर्णय सर्वाेच्च अदालतको पूर्ण बैठकले गरेको हो।
अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार यही वैशाख १४ गते गरिएका निर्णयबमोजिम जारी कामकारबाही जेठ १३ गतेसम्मका लागि भर्चुअल विधिबाट गरिने भएको हो। यस अवधिमा कुनै पनि मुद्दाको हदम्याद, म्याद र तारेख नगुज्रने पनि सर्वोच्च अदालतले जनाएको छ।




लोकपाटी न्यूज

