जसपा उपेन्द्र–बाबुराम समूहको बैठक जारी

upendra baburam bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य र सांसदहरूको बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा बैठक सुरु भएको पूर्वमन्त्री समेत रहेका यादव पक्षका सांसद मोहमद इस्तियाक राईले बताए।

काठमाडौंमा उपलब्ध सदस्यहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको उनले बताए।

ओली सकारमा सहभागी हुने विषयमा, विश्वासको मत दिने लगायत विषयमा जसपाको यादव पक्षले छलफल गर्न लागेको हो।

अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षसँग कुनै छलफल नगरी राजेन्द्र महतोलाई संसदीय दलको नेताका रूपमा चयन गरेको विषयमा यादव पक्षले आपत्ति जनाएको छ।