घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

लोकपाटी न्यूज

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। घर तथा संस्थामा अक्सिजन सिलिण्डर भए तत्काल अस्पताल तथा स्थानीय प्रशासनलाई बुझाउन मन्त्रालयले आग्रह गरेको छ।

“कोभिड–१९ महामारी संक्रमितहरूको वर्तमान समयमा उपचार व्यवस्थापनमा अक्सिजनको महत्वपूर्ण भूमिका छ। चिकित्सकको सिफारिस वाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख, भएका सिलिन्डर नजिकको अस्पताल र स्थानीय प्रशाशनमा उपलब्ध गराउनु हुन सबैमा अनुरोध छ,” मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्