मन्त्रिपरिषद्‌मा पुरानै अनुहारलाई दोहोर्‍याउने ओलीको तयारी

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिने भएका छन्। बालुवाटार स्रोतका अनुसार पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल बन्ने प्रक्रियामा रहेकाले आजै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहबाट मन्त्री बन्ने सम्भावना नरहेको जनाइएको छ।

जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताएका छन्।

एक नेताले भने, ‛मन्त्रिपरिषद्मा अधिकांश पुरानै अनुहार दोहोरिने सम्भावना रहेको स्रोतले बतायो। “प्रधानमन्त्रीले पुरानै समूह दोहो¥याउँछु भन्नुभएको छ। नयाँ पर्दैनन् होला।’

प्रधानमन्त्री केपी ओलीले आजै दिउँसो २ः३० बजे शपथग्रहणको तयारी गरेका छन्। त्यसपछि मन्त्रीहरुको शपथ हुनेछ ।उनले संविधानको धारा ७६(३)अन्तर्गत शपथ लिन लागेका हुन्। प्रधानमन्त्री ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिन लागेका हुन्।