गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठौं र उठाऔं : जनार्दन शर्मा

Janardan sharma
लोकपाटी न्यूज

काठमाडौं। पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नयाँ परिस्थिति र घटनाहरूबाट हतास हुनेहरू समाप्त हुँदै जाने बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबूकमार्फत् शर्माले यस्तो बताएका हुन्।उनले यस्ता घटनाहरूलाई सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने बताए।

शर्माले लेखेका छन्, ‛नयाँ परिस्थिति र घटनाहरूले नयाँ चुनौती र संभावनाहरू एकसाथ लिएर आएको हुन्छ। यसबाट हतास हुनेहरू समाप्त हुँदै जाने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने तथ्यलाई स्वीकार गरी विगतका उपलब्धि र कमीहरु समेतको गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठौँ र उठाऔँ।’

नेता शर्माले जनतामाथि आइपरेका संकटहरूको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बन्न आह्वान समेत गरेका छन्। उनले भनेका छन्, ‛जनतामाथि आइपरेका संकटहरूको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौँ । हामी सबैको भविष्य उज्ज्वल हुनेछ।’

Capture ja