काेराेना भाइरसकाे प्रभाव :ओरियण्टल होटल्स लिमिटेड २१ करोडभन्दा बढि नाेक्सानीमा

लोकपाटी न्यूज

काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ओरियण्टल होटल्स लिमिटेड २१ करोड ११ लाख ४८ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ।

गत वर्ष यस अवधिसम्म  ११ करोड ४६ लाख ९६ हजार रुपैयाँ खुद नाफामा रहेको कम्पनीको आम्दानी घटेसँगै नोक्सानी बढेको हो। गत वर्ष  ६९ करोड ३ लाख ३९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ५९ लाख ७२ हजार रुपैयाँ मात्र आम्दानी गरेको हो। कम्पनीको आम्दानीमा ११७ दशमलव २८ प्रतिशत कमि आएको हो। यस वर्ष कम्पनीले  २४ करोड १८ लाख ५ हजार रुपैयाँ कुल खर्च गरेको छ। यो खर्च रकम गत वर्ष  ४८ करोड ६१ लाख ९२ हजार रुपैयाँ थियो।

कोभिडको कारण होटल्स व्यवसाय प्रभावित हुँदा उक्त कम्पनीको आम्दानीसँगै व्यवस्थापिकय खर्च पनि घटेको छ। हाल कम्पनीको चुक्तापूँजी  १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ८८ करोड ८५ लाख ७९ हजार रुपैयाँ रहेको छ। गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोषमा १ अर्ब १३ करोड २० लाख ८५ हजार रुपैयाँ थियो।

कम्पनीको कुल चालू सम्पत्ति  ३ अर्ब २७ करोड ६ लाख ५७ हजार र कुल चालू दायित्व ३५ करोड १५ लाख ७८ हजार रुपैयाँ रहेको छ। गत वर्ष  १० दशमलव १६ रहेको प्रतिशेयर आम्दानी यसवर्ष  १८ दशमलव ७२ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ रकम पनि २०० दशमलव ३५ देखि घटेर  १७८ दशमलव ७७ कायम भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्